काठमाडौं । उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको स्पष्टीकरण निर्वाचन आयोगले दिएको छ ।आयोगले हालै स्वीकृत गरेको निर्वाचन आचार संहितामा स्थानीय तहका जनप्रतिनिधिहरुले उम्मेदवार बन्न चाहे राजीनामा दिनुपर्ने व्यवस्था गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले यसको आलोचना गरेको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको बताए । उनले अघि भने, ‘यसले उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउँछ ।’
उनले अघि भने, ‘जो हाल पदाधिकार हुनुहुन्छ, उहाँहरु र बहाल नरहेको व्यक्तिले निर्वाचनमा प्रतिस्पर्धा गरिरहँदा बहाल रहेका पदाधिकारले राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना रह्यो । त्यही स्वस्थ प्रतिपर्धा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको हो ।’
यदि यो व्यवस्था नगरेको धेरैको उम्मेदवारी रद्द हुने खतरा रहेको उनले बताए । धारा ३०६ ले सुविधालाई पनि पारिश्रमिकमा समेटेको र स्थानीय तह निर्वाचन नियमावली–२०७ को अनुसूची १ मा उम्मेदवारले सार्वजनिक पदमा बहाल छैन, लाभको पद धारण गरेको छैन भनेर मनोनयनपत्रमा स्वघोषणा गर्नुपर्ने उल्लेख रहेको भन्दै प्रवक्ता पौडेलले भने, ‘पदमै बहाल रहेर स्वघोषणा गर्दा भोलि उजुरी पर्यो भने उम्मेदवारी रद्द हुनसक्थ्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा