काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले नै बढेको छ ।
नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले सुधारिएको छ । ‘क’ वर्गमा २५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनीहरु रहेका छन् ।
नेप्से परिसूचक उकालो लागे पनि कारोबारमा भने उल्लास देखिएन । दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि
२८ सयमुनि झर्यो सेयर बजार
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे