काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने दोहोरो अंकले नै बढेको छ ।
नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८८ अंकले सुधारिएको छ । ‘क’ वर्गमा २५ वाणिज्य बैंकसहित ३६ वटा कम्पनीहरु रहेका छन् ।
नेप्से परिसूचक उकालो लागे पनि कारोबारमा भने उल्लास देखिएन । दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार