काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जानुपर्ने प्रस्ताव पार्टीको पोलिटब्यूरो बैठकमा राखेका छन् ।
आज बबरमहलमा सुरु भएको बैठकमा नेता भुसालले एमाले वाम एकताको मूल प्रवाह भएको बताउँदै कम्युनिस्ट पार्टीहरुबीच विभाजन हुनुमा कुनै वैचारिक तथा सैद्धान्तिक कारण नभएकोले एकता गरेर नै जानुपर्ने प्रस्ताव राखेका हुन् ।
बैठकमा भुसालले विगतमा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नरहेको र आगामी निर्वाचनमा पनि वामपन्थीहरुको जित सुनिश्चित गर्न कम्युनिस्ट पार्टीहरुबीच एकता गठबन्धन बनाउनुपर्ने बताए । स्रोतका अनुसार अहिले पनि कम्युनिस्ट पार्टीहरुका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भुसालको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल
घनश्याम भुसालको प्रश्न- मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ?