काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले नेपालमा कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जानुपर्ने प्रस्ताव पार्टीको पोलिटब्यूरो बैठकमा राखेका छन् ।
आज बबरमहलमा सुरु भएको बैठकमा नेता भुसालले एमाले वाम एकताको मूल प्रवाह भएको बताउँदै कम्युनिस्ट पार्टीहरुबीच विभाजन हुनुमा कुनै वैचारिक तथा सैद्धान्तिक कारण नभएकोले एकता गरेर नै जानुपर्ने प्रस्ताव राखेका हुन् ।
बैठकमा भुसालले विगतमा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नरहेको र आगामी निर्वाचनमा पनि वामपन्थीहरुको जित सुनिश्चित गर्न कम्युनिस्ट पार्टीहरुबीच एकता गठबन्धन बनाउनुपर्ने बताए । स्रोतका अनुसार अहिले पनि कम्युनिस्ट पार्टीहरुका बहुसंख्यक सदस्य र कार्यकर्ता एकताकै पक्षमा रहेको भुसालको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल