काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारवाही गरिएको खुलेको छ ।
घनश्याम भुसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
माधव नेतृत्वको एकीकृत समाजवादी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका विभिन्न १० घटकसँगको एकतामा समाहित भइसकेको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० कार्तिक २०८२, १७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल
नेतृत्वबाट ‘प्रचण्ड’ र माधवको बिदाइ गरे माओवादीसँग एकता गर्न सकिन्छ: घनश्याम भुसाल