एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही

सफल खबर संवाददाता

विहीबार, २० कार्तिक २०८२, १७ : ५८
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारवाही गरिएको खुलेको छ ।

घनश्याम भुसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको अध्यक्ष माधव कुमार नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माधव नेतृत्वको एकीकृत समाजवादी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका विभिन्न १० घटकसँगको एकतामा समाहित भइसकेको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस