काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएपछि गण्डकी प्रदेशसभा स्थगित गरिएको छ ।
प्रचण्ड आइतबार पोखरा आउन लागेका हुन् । उनी आउने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरू सहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’
सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकार सम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ ।
यसबाहेक २ वटा विधेयक संसद्मा टेबुल हुने थापाले बताए । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायत नेताहरू आउने माओवादी गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले बत्ताइन् ।
उनी माओवादीबाट गण्डकी प्रदेशसभामा प्रमुख सचेतक समेत हुन् । गण्डकीमा कांग्रेसको नेतृत्वमा माओवादी सहित दलहरू सरकारमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्ड र शेखर डा. कोइरालाबीच खुमलटारमा भेटवार्ता
सरकार देशलाई असफल बनाउनेतर्फ अग्रसर छ: प्रचण्ड
मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो : प्रचण्ड
कांग्रेस पनि ओलीको स्वर्ग र नर्कको चक्करमा पर्यो : प्रचण्ड
सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको ‘प्रचण्ड’को आरोप
अप्राकृतिक गठबन्धनको चरित्र लोक लजाउने गरी उजागर भयो : प्रचण्ड