काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली जाँदैछन् । अध्यक्ष प्रचण्डले सदरमुकाम सिन्धुलीमाढीमा पार्टी कार्यालय उद्घाटन गर्नेछन् ।
प्रमुख स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्डले कार्यक्रम उद्घाटनपछि पार्टीका जिल्लास्थित नेता कार्यकर्तालाई निर्वाचन अभियानमा जुट्न निर्देशन दिनेछन् । अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रीय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा छन् ।
उनले अभियानको क्रममा मुख्य प्राथमिकता एक्लै निर्वाचनमा जाने माओवादीको तयारी रहेको बताउने गरेका छन् । गठबन्धनलाई सहायक प्राथमिकता दिएको उनको भनाइ छ । सत्ता नेतृत्व दल कांग्रेस गठबन्धनसहित निर्वाचनमा जाने भन्नेमा स्पष्ट नहुँदा प्रचण्ड दोधारमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड
अन्योलता हट्यो, देश अब निर्वाचन तयारीतिर गयो: प्रचण्ड