काठमाडौं । स्थानिय निर्वाचनको चहलपहल बढिरहदा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको पार्टीले के गर्ला, सहभागी होला, नहोला भन्ने एक किसिमको कौतुहलता छाएको छ ।
यस्तै कौतुहलताका बिच विप्लव नेतृत्वको पार्टीे (नेपाल कम्युनिस्ट पार्टी) को केन्द्रीय समितिको बैठक कपिलवस्तुमा सुरु भएको छ । कपिलवस्तु शिवगढीस्थित आफ्नै कार्यालयमा जारी बैठकले स्थानीय तह निर्वाचनबारे पार्टीको धारणा तय गर्ने नेताहरूले बताएका छन् । बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे पनि छलफल हुने छ ।
'चार पार्टीको गठबन्धन सरकारले घोषणा गरेको स्थानीय निर्वाचनबारे पार्टी धारणासहित राष्ट्रियरअन्तर्राष्ट्रिय विषयमा बैठकमा छलफल हुने छ र आगामी कार्यक्रमहरू तय गरिने छ', पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने ।
संसदीय व्यवस्थाको विरोध गर्ने नेपाल कम्युनिस्ट पार्टीले अहिलेसम्म स्थानीय तह निर्वाचनमा भाग लिने र नलिने टुंगो लगाएको छैन । आफ्नै पार्टी कार्यालयमा बस्न लागेको पहिलो केन्द्रीय समिति बैठकले यसबारे निर्णय लिने बताइएको छ । पार्टी प्रवक्ता विश्वकर्मा भन्छन्, 'केन्द्रीय कमिटीले निर्णय नगर्दै हाम्रो पार्टी स्थानीय निर्वाचनमा भाग लिन लागेको हल्ला फिजाइएको छ । यो सरासर गलत हो । यसबारे केन्द्रीय कमिटीले नै टुंगो लाउने छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने