काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताबीचको एकता नेपालीको पहिचान बनेको बताएका छन्।
फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै उनले होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको बताएका हुन्।
कांग्रेस सभापति समेत रहेका देउवाले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन्। देउवाले मर्यादितरूपमा होली पर्व मनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण
काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'