काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पार्टीमा रहेको मतभेदबारे अहिले आफुले केही नबोल्ने बताएका छन् । काठमाडौमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले स्थानीय निर्वाचनपछि एमसीसीबारे पार्टीमा व्यापक बहस हुने भन्दै अहिले नै त्यसबारे आफुले केही नबोल्ने बताएका हुन् ।
एमसीसीबारे पार्टीमा मतभेद छ । तर त्यो कुरा म अहिले बोल्दिन’, नेता श्रेष्ठले सँगै बसेका अध्यक्ष प्रचण्डतर्फ देखाउँदै भने, ‘१२ बुँदे व्याख्यासहित अध्यक्षको निर्देशनमा हाम्रो पार्टीले पनि अनुमोदन गर्न सघाएको हो तर किन अनुमोदन गर्यो त्यो कुरा अध्यक्षले नै बताउनुहुन्छ, म बोल्दिन ।’
उनले एमसीसीबारे पार्टीमा मतभेद रहेको कुरा भने सत्य भएको बताए । ‘जेठ २० बाट एमसीसीबारे राष्ट्रव्यापी बहस चलाउँछौ । यो ठिक कि वेठिक भनेर । त्यतिखेर पनि तपाईहरुले टाउको र दिमाग खुला राख्नुहोला’, श्रेष्ठको कार्यकर्तालाई सुझाव छ ।
उनले एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा नीतिको एउटा अंग हो भन्ने सोचेर नै आफुहरुले यथास्थितिमा स्वीकार गर्नुहुँदैन भनेर भन्ने गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन परिणामपछि आत्मसमीक्षा गर्दै पार्टी पुनर्गठन गर्न नारायणकाजी श्रेष्ठको प्रस्ताव
‘निर्वाचनको परिणामले राष्ट्रिय दिशा तय गर्नेछ’ : नारायणकाजी श्रेष्ठ
राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठद्वारा पदबाट राजीनामा
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ