काठमाडौँ । बुधबार पनि सेयर बजारको परिसूचक ओरालो लागेको छ । १९.६५ अंकले घटेर नेप्से परिसूचक २६३१ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार २ अर्ब ५७ करोडमा खुम्चिएको छ ।
होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अंक बढे । बैंकिङ ११, ब्यापार ३६, विकास बैंक ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अंकले घटे । इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो । मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशत बढ्यो ।
नेपाल टेलिकम, गरिमा विकास बैंक, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा क्रमशस् अगाडि रहे । युनाइटेड इदी मर्दीको मूल्य ४.९ तथा टेलिकमको ३.५ प्रतिशत घट्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक