काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगले ती दलबारे आजै निर्णय गर्ने तयारी गरेको छ।
यस्तै आयोगले मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७८ अन्तर्गतका कार्यक्रमहरु संचालन भै रहेको जनाएको छ ।
यसैगरी चुनावका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीहरुको खरिदका लागि दश प्याकेजमा प्रकाशित बोलपत्रको सूचना बमोजिम पर्न आएका बोलपत्रहरु मध्ये सबैभन्दा न्यूनतम मूल्याङ्कन भएको बोलपत्रहरु स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडी बढेको पनि आयोगले जनाएको छ ।
यस्तै स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र यी नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ फागुन २०७८, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
निर्वाचन आयोगले यी ३ जना उम्मेदवारलाई सोध्यो स्पष्टीकरण
आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण
सोविता गौतमले निर्वाचन आयोगमा किन गरिन् झुठ्ठो विवरण पेश ?