काठमाडौं। एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाएका उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताए ।
‘अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने । अनि संसद विघटन गरेर चुनाव जान खोज्दा प्रतिगन भनियो,’ महासचिव पोखरेलले भने, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद विघटन गरेर चुनावमा जाने कुरा गनए थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’
एमसीसी पास गर्न गरियो घोषणापत्रको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामू ‘लाज छोप्ने टालो’ मात्र हो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल