काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रकाे रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए ।
‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने ? रुखैरुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’
एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उनले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ फागुन २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
निर्वाचन आयोगले यी ३ जना उम्मेदवारलाई सोध्यो स्पष्टीकरण
आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग
आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण
सोविता गौतमले निर्वाचन आयोगमा किन गरिन् झुठ्ठो विवरण पेश ?