काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सर्लाहीको बागमतीमा रहेको निर्माणाधीन भरत तालको अवलोकन भ्रमण गरेका छन् । आइतवार मुख्यमन्त्री पोखरेल मधेश प्रदेशका विभिन्न स्थानको भ्रमणका क्रममा सर्लाहीको बागमतीस्थित भरत तालमा आइपुगेका थिए । १८ सदस्यीय टोलीको नेतृत्व गर्दै मुख्यमन्त्री पोखरेलको भ्रमण टोली बागमती आइपुगेको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले जानकारी दिए ।
मुख्यमन्त्रीको भ्रमण टोलीको भ्रमण नेतृत्व मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीको निमन्त्रणामा केही समय पहिला मात्र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गण्डकी प्रदेश भ्रमणमा पुगेका थिए ।
सोही समयमा मुख्यमन्त्री राउतले मधेश प्रदेश भ्रमणको निम्ता दिए थिए । सोही आतिथ्यता स्वीकार गर्दै आफू मधेश प्रदेश भ्रमणमा आएको मुख्यमन्त्री नेपालीले बताए । मुख्यमन्त्री नेपालीको टोलीले भरत तालमा रहेको मिनी क्रुजमा केही समय सयर गरेको थियो ।
सोही क्रममा मुख्यमन्त्री नेपालीले तालको निर्माणको अवस्था यसको भावी योजना, तालले भविष्यमा यस क्षेत्रको नागरिक र नगरको आर्थिक, सामाजिक, भौतिक विकासमा खेल्ने भूमिकाको विषयमा समेत जानकारी लिए । ताल भ्रमणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री नेपालीले संघीयतालाई मजबुत बनाउन प्रदेशको पहिचान र हैसियत देखिनु पर्छ भन्ने कुरामा आफु विश्वस्त भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता