काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा भंग हुन पनि सक्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले संसदमा कुनै गतिविधि नै हुन नदिएकाले भंग गर्ने अवस्था आएको बताएका हुन् ।
अर्लि इलेक्सनको हल्ला अलि बढी भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले त्यो स्वाभाविक भएको बताए ।‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ उनले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले संसदले नै केपी ओलीको वितण्डा सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’
संसद भंग भएर अर्लि इलेक्सन भएमा ३० वैशाखको स्थानीय चुनाव अगाडि नै हुन्छ कि पछाडि भन्ने प्रश्नमा नेता नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल