काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा भंग हुन पनि सक्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले संसदमा कुनै गतिविधि नै हुन नदिएकाले भंग गर्ने अवस्था आएको बताएका हुन् ।
अर्लि इलेक्सनको हल्ला अलि बढी भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले त्यो स्वाभाविक भएको बताए ।‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ उनले भने, ‘त्यस्तो हो भने त्यो भन्दा पहिले संसदले नै केपी ओलीको वितण्डा सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ । चुनावमा जान्छ ।’
संसद भंग भएर अर्लि इलेक्सन भएमा ३० वैशाखको स्थानीय चुनाव अगाडि नै हुन्छ कि पछाडि भन्ने प्रश्नमा नेता नेपालले सबै कुरा प्याकेजमा नै हुने जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ फागुन २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह