झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ राख्नुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्रदेश १ ले नामाकरण गर्न नसकेको र किन कोसी प्रदेश राख्न सकेन भन्दै आश्चर्य समेत व्यक्त गरे ।
‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको र साझा पहिचान झल्काउने यही नाम नै उपयुक्त भएको उनको तर्क थियो ।आज (शनिबार) विर्तामोडमा आयोजित प्रेस चौतारी प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पश्चिमदेखि पूर्वसम्म सबैतिर ढाकेको, कोसी सभ्यताबाटै उठेको, कोसीद्वारा नै सिञ्चित हाम्रो रगतमा कोसीको पानी छ । हाम्रो रगतमा सगरमाथाको पानी छ, कञ्चनजंघाको पानी छ, मकालुको पानी छ । यसरी सर्वोच्च शिखरहरुको पानी खाने मान्छेहरुले कोसी प्रदेश नाम राख्न नसकेमा ओलीथर राख्नुपर्छ, गौतमथर राख्नुपर्छ । यो सभ्यता हो ?’
उनले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा सबैको पहिचान समेट्न नसकिने बतातए । साथै यसरी नामाकरण गरे इतिहास नै नसमेटिने उनको तर्क थियो । कोसी इतिहास, सभ्यता र साझा पहिचान भएकाले यही नामाकरण गर्न अभियान चलाउनुपर्ने समेत उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २१ फागुन २०७८, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली
रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली
‘फागुन २१ कहिल्यै नबिर्सने दिन हो’ : ओली
बालकोट पुगेर ओलीले गरे मतदान
निर्वाचनको निष्पक्षतामाथि ओलीको प्रश्न