उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- १६ रातापानीबाट जन्ती बोकेर नेपालटारतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । १९ जना घाइते भएका छन् ।
रातापानीबाट बिहेको जन्ती लिएर जाँदै गरेको प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बिान १० बजे मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ नागबेलीको जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दुर्घटनामा त्रियुगा नगरपालिका- १४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याउने क्रम जारी रहेको र मृतक मग्रातीको शव कानुनी प्रक्रिया पूरा गरी ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी सुबवसचन्द्र बोहोराले जानकारी दिए ।
घाइतेहरूको अवस्था र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
कपिलवस्तुमा बस दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते
बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते