काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्ने पनि बस्ने भएको छ । भोलि बस्ने काँग्रेसको कार्य सम्पादन समितिको बैठक बस्नुअघि आज पदाधिकारी बैठक बस्न लागको हो ।
काँग्रेस स्रोतका अनुसार बैठक आज दिउँसो साढे २ बजे सानेपामा बस्नेछ । काँग्रेसको पदाधिकारी बैठक मंगलबार हिजो पनि बसेको थियो । तर प्रधानमन्त्री एंव सभापति शेरबहादुर देउवा उपस्थित भएका थिएनन् । सो कारण आज पनि पुन पदाधिकारी बैठक बस्न लागेको हो ।
आजको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे हुने छलफलबारे पूर्व विमर्श हुने बताइएको छ । जसको पूर्ण छलफल भोलिको केन्द्रीय कार्य सम्पादन समितिमा हुनेछ । मंगलबार भने पछिल्लो राजनीतिक परिस्थिति र स्थानीय निर्वाचनका बारेका कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ माघ २०७८, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको आन्तरिक विवाद : देउवा पक्षद्वारा अनुसन्धानात्मक प्रक्रिया रोक्न माग
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
संसद् छलेर अध्यादेश ल्याउने कदम लोकतन्त्रको लागि मर्यादित होइन : कांग्रेस