काठमाडौँ । नेपाली काँग्रेसभित्रको आन्तरिक समीक्षासम्बन्धी छलफलपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेताहरूमाथि अनुशासनका नाममा सोधिने स्पष्टीकरण प्रक्रिया तत्काल रोक्नुपर्ने निष्कर्ष निकालेको छ।
नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको उक्त समूहगत छलफलले पार्टीभित्र कारबाहीको शैली कठोर बन्दै गएको र यसले संगठनात्मक लोकतान्त्रिक अभ्यास कमजोर पार्ने संकेत देखिएको भन्दै असन्तुष्टि जनाएको छ।
बैठकले हालै सम्पन्न चुनावी परिणामको मूल्यांकनसमेत गरेको छ। सो क्रममा विशेष महाधिवेशन प्रक्रियाले पार्टीको निर्वाचन प्रदर्शनमा नकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ।
त्यसैगरी, सर्वोच्च अदालतको निर्णयअनुसार पार्टीको आधिकारिकता सम्बन्धी विवादलाई स्वीकार गर्ने समझदारी भए पनि सभापति गगन थापाको नेतृत्वमा अघि बढाइएको महाधिवेशन प्रक्रियालाई मान्यता नदिने धारणा बैठकले प्रकट गरेको छ।
देउवा पक्षले पार्टीभित्र निर्णय प्रक्रिया र अनुशासन व्यवस्थापनमा सन्तुलित तथा सहमतिको वातावरण आवश्यक रहेको उल्लेख गर्दै वर्तमान शैलीले आन्तरिक एकतामा असर पार्न सक्ने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ बैशाख २०८३, १४ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस