काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । ‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उनले भने, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ ।’
जुन देशसँग हामीले सम्झौता गरेका छौं, त्यो देशमा श्रम वा सुरक्षामा पठाउने सकिने भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘नेपालीहरुलाई भर्ना गर्ने, अन्य देशमा पठाउने र बीचको फाइदा उसले लिने स्थितिलाई अन्त्य गर्नुपर्छ ।’
१९४८ को सम्झौताको अर्थ नरहेको भन्दै उनले नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ माघ २०७८, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल