नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या चार करोड नाघेको बुधबार जनाइएको छ ।
बुधबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएपछि कुल सङ्क्रमितको संख्या चार करोड ८५ हजार ११६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
यसै अवधीमा कोरोना सङक्रमणबाट ६६५ जनाको मृत्यु भएपछि कोरोना शुरु भएदेखि हालसम्म यस सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९१ हाजार १२७ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जनाएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ । (सिन्ह्वा)


प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ माघ २०७८, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु