काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका- ८, गुर्जुधारामा एक व्यक्तिको चक्कु प्रहारबाट मृत्यु भएको छ ।
काठमाडौँकै मातातीर्थ घर भएका र हाल गुर्जुधारामा बस्दै आएका २६ वर्षीय रोशन रिजालमाथि आइतबार चक्कु प्रहार भएको हो । चक्कु प्रहार गरी रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनका अनुसार चक्कु लागेर अर्का एक जना घाइते भएका छन् ।
घटनालगत्तै प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा दाजुभाइ अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरिसकेको छ । सामान्य कुरामा विवाद हुँदा उनीहरुले चक्कु हानेर रिजालको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चक्कु प्रहार गर्नेमध्ये भाइचाहिँलाई आइतबार नै पक्राउ गरिएको र दाइचाहिँ भागेर धादिङ पुगेका बेला उतैबाट आज सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ माघ २०७८, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण
छोराले गरे आमाको हत्या
कैलालीमा घरायसी विवादमा श्रीमतीले गरिन श्रीमानको हत्या
विवाद भएपछि साथीको हत्या, एक जना पक्राउ