एजेन्सी । चीनमा शंकास्पद कोभिड संक्रमितलाई टिनका बाकसभित्र राखेको पाइएको छ । शंकास्पद संक्रमितलाई मध्यरातमा घरबाट निकालेर बसमा कोचेर टिनका बाकसभित्र राखिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
कोभिडविरुद्ध शून्य सहनशिलता अप्नाएको चीनको पछिल्लो कदमलाई कतिपयले आलोचनासमेत गरेका छन् । हिउँदे ओलम्पिक नजिकिँदै जाँदा जिरो कोभिड पोलिसीअन्तर्गत सरकारले कठोर नियम बसालेकाे छ । जसका कारण अहिले लाखौं शंकास्पदलाई क्वारेन्टिनमा राखिएको छ ।
काठका बेड रहेका यी टिनका बाकसभित्र शौचालयको पनि व्यवस्था छ । शंकास्पद व्यक्तिलाई कम्तिमा एक सातादेखि बढीमा दुई साताभित्र यस्ता बाकसभित्र राखिएको छ ।
प्रहरीले रातरात मानिसहरुलाई घरबाट उठाएर यस्ता क्वारेन्टिन स्थलमा लैजाने गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । चीनमा पछिल्लो समयमा ट्रयाक र ट्रेस एपमार्फत शंकास्पद संक्रमितको पहिचान गरी उनीहरुलाई चाँडोभन्दा चाँडो क्वारेन्टिन स्थलमा लगिएको छ ।
चीनमा करिव २ करोड मानिसहरु घरभित्रै क्वारेन्टिनमा बसेका छन् । उनीहरुलाई दैनिक उपभोग्य सामाग्री किन्न बाहिर जानसमेत प्रतिबन्ध लगाइएको छ । लकडाउनका कारण अस्पताल जान नपाउँदा गत साता एक गर्भवती महिलाको शिशु खेरा गएको थियो । सो घटनापछि केही मानिसहरुले सरकारले अप्नाउँदै आएको कोभिडविरुद्ध शून्य सहनशिलताको विरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ पुस २०७८, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल