काठमाडौं । कोरोनाभाइरस संक्रमण बढेसँगै सरकारले सिंहदरबार छिर्ने सबै प्रवेश पास खारेज गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दै अहिलेसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट जारी भएका सवै प्रकारका स्थायी र अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गरेको जनाएको छ ।
मन्त्रालयले अब नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्व सहमति लिई सम्बन्धित निकायबाटै जारी गरिने पनि जनाएको छ ।
पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश गर्न दिइने छ । सिंहदरबारभित्र सञ्चालन भएका चमेना गृहको हकमा बिहीबार एक दिनका लागि यस पूर्व जारी भएका पास, अस्थायी परिचयपत्रबाट नै प्रवेश दिने शुक्रबारदेखि नयाँ परिचयपत्र जारी गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ पुस २०७८, १९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारभित्रै हरायो श्रम मन्त्रालयको गाडी
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
सरकार र यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी
प्रहरीले खोस्यो हर्कको गाग्री