काठमाडौ । आगजनी, तोडफोड र लुटपाटबाट क्षतिग्रस्त भएको सिंहदरबारलाई पुनः लयमा फर्काउने काम सुरु भएको छ। यस क्रममा क्षतिग्रस्त मन्त्रालयहरूको सरसफाइ र क्षतिको मूल्याङ्कन कार्य भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आइतबारदेखि सिंहदरबारबाट आधारभूत सेवा पुनः सुरु हुने भएको छ।
कार्यालयका सहसचिव तथा प्रवक्ता रविलाल शर्माले आइतबारदेखि सिंहदरबार सामान्य लयमा फर्किने जनाउँदै भने, “सिंहदरबारबाट जनतालाई प्रदान गरिने सेवा सुरु भइसकेको छ। आधारभूत सेवा आइतबारदेखि नै पुनः सञ्चालनमा आउँछ भने पूर्ण कार्यमा जान एक हप्ता लाग्न सक्छ।”
भदौ २४ गते जेनजी समूहको नाममा भएको आगजनी र तोडफोडका कारण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालय र निकायहरू क्षतिग्रस्त भएका थिए। तत्कालको प्राथमिकता सेवा सञ्चालनलाई दिइएको सहसचिव शर्माले बताए। उनका अनुसार नयाँ सरकार गठनपछि क्षतिको मूल्याङ्कन र लगत संकलन गरी तत्कालीन तथा दीर्घकालीन पुनर्निर्माण अघि बढाइनेछ।
हाल तोडफोड र क्षति भएका संरचनाको मर्मतसम्भारमार्फत सेवा सुरु गर्ने काम भइरहेको र अधिकांश सामग्री खरानीमा परिणत भएकाले मुचुल्का उठाउन सकिने अवस्था नरहेको प्रवक्ता शर्माले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २९ भदौ २०८२, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारका डिजिटल डाटा नष्ट नभएको दाबी
सिंहदरबारभित्र छिरे प्रदर्शनकारी
सिंहदरबारभित्रै हरायो श्रम मन्त्रालयको गाडी
प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा
सरकार र यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा