सिंहदरबारमा कति सवारी साधन जले ? (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०८२, १० : ४९
सिंहदरबारमा कति सवारी साधन जले ? (सूचीसहित)

काठमाडौँ । राजधानीको सिंहदरबार र वरपरका सरकारी निकायमा रहेका ४४१ साना गाडी तथा बस र ६०१ मोटरसाइकल/स्कुटर जलेका छन्।

सम्बन्धित निकायको प्रारम्भिक तथ्याङ्क र गोरखापत्र दैनिकले गरेको स्थलगत अवलोकनअनुसार जेनजी आन्दोलनका क्रममा भएको आगजनीमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि शिक्षा, स्वास्थ्य, गृह, अर्थ, सडक विभाग, महान्यायाधिवक्ताको कार्यालयलगायतका निकायमा रहेका सरकारी सवारी साधन जलेका हुन्।

ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् जलेका सवारी साधनमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मात्र ४७ साना गाडी/बस र ७४ मोटरसाइकल/स्कुटर जलेका छन्।

त्यस्तै अर्थ मन्त्रालयका ३६ गाडी र ५४ मोटरसाइकल, गृह मन्त्रालयका २५ गाडी र ३० मोटरसाइकल, शिक्षा मन्त्रालयका २६ गाडी र ४७ मोटरसाइकल, सडक विभागका ६५ गाडी र अज्ञात संख्यामा मोटरसाइकल जलेका प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ।

यसरी विभिन्न मन्त्रालय तथा कार्यालयका ४४१ सवारी साधन र ६०१ मोटरसाइकल/स्कुटर पूर्ण रूपमा नष्ट भएको प्रारम्भिक विवरण आएको हो।

प्रतिक्रिया दिनुहोस