चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाभरी लागूहुनेगरी विभिन्न आदेश जारी गरेको छ । गृहमन्त्रालयको परिपत्रअनुसार प्रशासनले सभा, सम्मेलन, मेला र महोत्सव नगर्न आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चितवनमा २५ जनाभन्दा बढी भेला हुन नदिने गरी आदेश जारी भएको उल्लेख गर्दै महोत्सवहरु पूर्ण रुपमा बन्द गर्न दुईदिनको समय दिइएको बताए ।
माघ ७ देखि सार्वजनिक स्थलमा जादा र सार्वजनिक सेवा लिदा अनिवार्य रुपमा कोभिड विरुद्धको भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्ने व्यवस्था गरिएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला जादा कार्ड वा मोबाइलमा राखिएको कार्डको फोटो देखाउनुपर्ने छ । विश्वविद्यालय, क्याम्पस लगायतका सबै शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरेर जेड आकारमा बसाइ व्यवस्थापन गरि सञ्चालन गर्न सकिने उल्लेख छ ।
परीक्षा केन्द्रमा मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य र भौतिक दुरीको प्रावधान कडाइका साथ पालना गर्न भनिएको छ । जिल्लाका सरकारी कार्यालय, उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, बैंक तथा वित्तीय संस्थामा जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ पुस २०७८, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा एम्बुलेन्स सेवा कडाइः ७ दिनभित्र दर्ता, १५ दिनभित्र GPS जडान अनिवार्य
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
चितवन–२ मा रास्वपा सभापति लामिछानेको अग्रता
चितवनमा निर्वाचन कर्मचारीले नै भोट के मा हाल्नुभयो भनेर सोधेपछि पक्राउ
चितवनका बुद्धिजीवीहरू रेनु दाहाललाई जिताउन एकजुट
चितवनमा निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी परिचालन गरिने