यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, १६ जेठ २०८३, ०६ : ५४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर दुई सय तीन रुपैयाँ ५९ पैसा र बिक्रीदर दुई सय चार रुपैयाँ ३९ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९३ रुपैयाँ ८३ र बिक्रीदर एक सय ९४ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस