कोरोना फैलिएपछि साउदी अरबमा नेपाली दूतावासद्वारा अलर्ट जारी

सफल खबर संवाददाता

विहीबार, १५ पुस २०७८, ०८ : ०९
कोरोना फैलिएपछि साउदी अरबमा नेपाली दूतावासद्वारा अलर्ट जारी

file pic

काठमाडौं । पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको छ । सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दुरी कायम गर्नअनिवार्य गरेको हो । 

बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने सरकारी नियम छ   यस्तै कम्तिमा १।५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू भएको छ । साउदीस्थित नेपाली दूतावासले एक् सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई यो नियमको पूर्ण पालना गर्न गराउन हुन अनुरोध गरेको छ । 

साउदी अरबमा  केही हप्ताअघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ । तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस