इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०८२, ०८ : ५३
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूलाई सतर्क र सुरक्षित रूपमा रहन अनुरोध गरेको छ ।

दूतावासले मंगलबार (चैत २४) विज्ञप्ति जारी गर्दै मध्यपूर्वमा विकसित बढ्दो तनावका कारण जारी युद्धबाट आउन सक्ने गम्भीर समस्यालाई ध्यान दिँदै दूतावासले यस्तो अनुरोध गरेको हो । 

“संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा सतर्क र सुरक्षित रूपमा रहन अनुरोध छ,” दूतावासले भनेको छ ।

इजरायल सरकार एवं इजरायल सरकारको आधिकारिक निकायद्वारा जारी सूचना र निर्देशनहरू पालना गर्न, विकसित घट्‌नाक्रमको बारेमा नियमितरूपमा अद्यावधिक जानकारी राख्न, सामाजिक सञ्जालमा देखिएका युद्धसम्बन्धी भिडियोहरू अनावश्यकरूपमा सेयर नगर्न आग्रह गरेको छ । 

दूतावासले आफ्नो राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड लगायतका कागजात आफ्नो साथमा राख्न पनि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस