एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः नयाँ आक्रमण भएको छ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार स्थानीय समयअनुसार बुधबार बिहान सबेरै दूतावास क्षेत्रमा विस्फोटका आवाज सुनिएका थिए।
सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै एएफपीका पत्रकारले उच्च सुरक्षा घेराभित्र रहेको ‘ग्रिन जोन’ क्षेत्रमा विस्फोट भएको जानकारी दिएका हुन्। उक्त क्षेत्रमा अमेरिकी दूतावासका साथै अन्य विभिन्न देशका कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संघसंस्थाका कार्यालय रहेका छन्।
इजरायल–हमास युद्ध सुरु भएयता इराकस्थित अमेरिकी सैन्य ठेगाना र दूतावासलाई लक्षित गरी पटकपटक आक्रमण हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलस्थित नेपाली दूतावासले भन्यो– सतर्क र सुरक्षित रहनू
यूएईमा ड्रोनको अवशेष खस्दा घाइते भएका ७ मध्ये ६ जना नेपाली डिस्चार्ज
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
आफ्नो राहदानी सुरक्षित राख्न यूएईमा रहेका नेपालीलाई दूतावासले अनुरोध
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ : अमेरिकी दूतावास