काठमाडौं । व्यवसायीले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासलाई मागपत्र प्रमाणीकरण प्रक्रिया सरल र छरितो बनाउन आग्रह गरेको हो ।
दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको संघको टोलीले सोमबार कार्यबाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गर्दै सम्मेलनको तयारीका साथै लामो समयदेखि समाधान नभएको मागपत्र प्रमाणीकरण ढिलाइका कारण, उत्पन्न समस्याबारे छलफल गरेको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।
जापानमा नेपाली कामदारका लागि आकर्षक पारिश्रमिकसहित पर्याप्त रोजगारीका अवसर उपलब्ध भएपनि मागपत्र समयमै प्रमाणीकरण नहुँदा धेरै नेपालीले राम्रो अवसर गुमाइरहेको महासचिव बस्नेतले बताए । यो विषयमा दूतावासको गम्भीर ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ फागुन २०८२, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन
अमेरिका–जापानले गरे व्यापार र दुर्लभ धातुसम्बन्धी सम्झौतामा हस्ताक्षर
जापानका प्रधानमन्त्री इशिबाले दिए राजीनामा