दाङ । घोराही कारागारमा जन्मकैद सजाय भोगिरहेका कैदी फरार भएको घटनामा प्रहरीकै संलग्नता रहेको अनुसन्धानका क्रममा खुलेको छ ।
एक प्रहरीजवानसहित अन्य पाँच जनाको मिलोमतोमा कैदी यमराज परियारलाई भगाइएको खुलेपछि डिएसपीको मुकुन्द रिजाललको कमाण्डमा प्रहरी परिचालन गरिएको एसपी सुरेश काफ्लले अनलाइनखबरलाई बताए ।
जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार बिहीवार उपचारका लागि अस्पताल लगिएको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर फारर भएको घटनामा संलग्न प्रहरीजवानसहित तीन जनालाई पक्राउ गरिएको छ ।
बाँकी दुई जनाको भने खोजी कार्य भइरहेको प्रहरी प्रमुख काफ्लले बताए । प्रहरी जवान चौधरीलाई हिजो नै हिरासतमा राखिएको थियो । आज थप दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।
कर्तव्य ज्यान मुुद्धामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यामराज परियार छाला उपचार गर्न बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुगेको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ पुस २०७८, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ
कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ