चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०८२, ०७ : १५
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ

झापा । जेनजी आन्दोलनको क्रममा चितवन कारागारबाट फरार भएका एकजना थुनुवालाई झापा प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका ८ निवासी २९ वर्षीय आशिष सुब्बा छन्। 

सुब्बा गएको भदौ २४ गत जिल्ला कारागार कार्यालय चितवनबाट फरार भएका थिए। 

सालकको अखेटोपहार मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका उनी कारागारबाट  फरार भएपछि आफ्नै घरमा लुकिछिपी बसिरहेको रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। 

इप्रका झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ उनलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउने तयारी अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस