काठमाडौँ । जेन जेड आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदी म्याग्दीबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, पक्राउ पर्नेमा जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. १० डङ्ग्राही स्थायी वतन भएका ५४ वर्षीय विश्वनाथ भगत रहेका छन्।
प्रहरीका अनुसार लुकिछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । उनी लागु औषध मुद्दामा २ वर्ष १ महिना कैद फैसला भई ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गरिरहेकै अवस्थामा आन्दोलनको मौका छोपेर फरार भएको प्रहरीले जनाएको छ ।
हाल भगतलाई आवश्यक कानुनी कारबाहीका लागि हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासतमा राखी थप प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ जेठ २०८३, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए