काठमाडौँ । भदौ २४ गते भएको प्रदर्शनका क्रममा दाङ र कास्की कारागारबाट भागेका दुई जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा दाङ तुलसीपुरस्थित कारागारबाट भागेका सल्यानको बाग्चौर नगरपालिका-८ गैरीगाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की कारागारबाट फरार भएका सल्यान कपुरकोट गाउँपालिका ३ लामीडाँडाका ३६ वर्षीय रोम सिजाली मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । उनीहरू दुवै जना जर्बजस्ती करणी अभियोगमा सजाय भोग्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ कार्तिक २०८२, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारबाट भागेका कैदी झापाबाट पक्राउ
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ