काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेको अध्यक्ष मण्डल बनाएको हो ।
महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्दसत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्षमण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ मंसिर २०७८, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?
अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी
संखुवासभामा एमालेको अग्रता कायमै, पच्छ्याउँदै रास्वपा
कैलाली-५ मा एमालेसहित १२ उम्मेदवारको धरौटी जफत
बझाङमा एमालेका महर विजयी
डोटीमा एमालेको सुरुआती अग्रता, पच्छ्याउँदै नेकपा