काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार एक दशमलव ३८ अंकले घटेर दुई हजार छ सय ८८ दशमलब ९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
चार अर्ब नौ करोड ६२ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक छ । यस बैंकले २७ करोडभन्दा बढीको कारोबार गरेको छ ।
नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११८२५ रुपैयाँ पुगेको छ ।
महालक्ष्मी विकास बैंकको सेयर मूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३९ दशमलव ४० रुपैयाँ र मनुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।त्यस्तै, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नोक्सान व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ कार्तिक २०७८, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार