कोरोना अपडेट : थपिए ३ सय ९७ कोरोना संक्रमित, ३ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २६ कार्तिक २०७८, १५ : ४३
कोरोना अपडेट : थपिए ३ सय ९७ कोरोना संक्रमित, ३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १७१ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौँमा १२५, ललितपुरमा ४२ तथा भक्तपुरमा ४ जना संक्रमित थपिएका हुन्। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ पुगेको छ। शुक्रबार ३८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ४९८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार १३४ पीसीआर तथा १ हजार ९३२ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस