काठमाडौँ । पछिल्लो एक सातामा देशभरबाट ३५ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको पाइएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५ जना कोरोना सङ्क्रमित भएका हुन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा २६ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । त्यस्तै कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस अवधि एक जनाको कोभिड—१९ बाट मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । देशभर अहिले २४९ जना कोरोना सङ्क्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० असार २०८२, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण