उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आगलागी भएको छ । राती करिव १२ः ४५ बजेतिर एक्कासी बिद्युत सर्ट भएर आगलागी भएको हो ।
त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो । साँझ दिपावली गरेर हिडेका उनीहरुको पसलमा एक्कासी बिद्युत सर्ट भई आगलागी भएको स्थानीले बताए ।
राती अचानक आगलागी भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् ।
आगलागीबाट ३५ वटा मोटर साईकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि