सिसाको पर्खालमा शाहरुख र आर्यनको इन्टरकम कुराकानी

सफल खबर संवाददाता

विहीबार, ०४ कार्तिक २०७८, १३ : ०९
सिसाको पर्खालमा शाहरुख र आर्यनको इन्टरकम कुराकानी

मुम्बई । लागुऔषध मुद्धामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलमा छन् । उनी र उनका साथीहरु अरबाज मर्चेन्द्र र मुनमुन धमेचामाथि लागुऔषध सेवन र लेनदेनको आरोप छ ।

हालसम्म एनडीपीएस कोर्टले उनीहरुको जमानता अस्वीकार गरिरहेको छ । बिहीबारमात्र शाहरुख पहिलोपटक आर्यनलाई भेट्न जेल पुगेका थिए ।

कोभिड–१९ प्रोटोकलका कारण शाहरुखले आर्यनलाई प्रत्यक्ष भेट्न पाएका थिएनन् । बुधबारसम्म शाहरुखको परिवारलाई जेलमा आउन प्रतिबन्ध थियो । बिहीबारबाट यो प्रतिबन्ध हटेपछि शाहरुख छोरालाई भेट्न जेलमा पुगेका हुन् ।

शाहरुखले आर्यनसँग आर्थर जेलको भिजिट सेक्सनमा करिब १८ मिनेटसम्म इन्टरकम कुराकानी गरेका थिए । उनीहरु कुराकानी गरिरहँदा बीचमा सिसाको पर्खाल थियो । शाहरुखले छोरासँग कुरा गरिरहँदा उनीसँग जेलका अन्य अधिकारी पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस