‘जवान’का लागि राष्ट्रिय पुरस्कार जितेपछि शाहरुख खानले के भने ?

एजेन्सी

शनिबार, १७ साउन २०८२, ०८ : ३२
‘जवान’का लागि राष्ट्रिय पुरस्कार जितेपछि शाहरुख खानले के भने ?

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले आफ्नो फिल्म ‘जवान’ का लागि राष्ट्रिय चलचित्र पुरस्कार जितेपछि भारत सरकार, सूचना तथा प्रसारण मन्त्रालय र निर्णायक मण्डलप्रति आभार व्यक्त गरेका छन्।

शुक्रबार उनले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै राष्ट्रिय पुरस्कारप्रति कृतज्ञता व्यक्त गरेका हुन्।

भिडियोमार्फत शाहरुखले भने, “राष्ट्रिय चलचित्र पुरस्कार केवल उपलब्धिको प्रतीक मात्र होइन, यसले मलाई सम्झाउँछ कि म जे गर्छु त्यो महत्त्वपूर्ण छ। यो पुरस्कारले ममा अझ परिश्रम गर्ने प्रेरणा थपेको छ। अभिनय केवल काम होइन, यो एउटा जिम्मेवारी हो—पर्दामा सत्य प्रस्तुत गर्नु हाम्रो कर्तव्य हो।”

शाहरुखले फिल्म ‘जवान’ का निर्देशक एटलीसहित सम्पूर्ण टिमलाई पनि धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस