एजेन्सी । इण्डीयन प्रिमियर लिग आईपिएल टि–ट्वान्टी क्रिकेटको प्ले अफ समिकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेलमा गएराति मुम्बइ इण्डीयन्सले सनराइजर्स हैदरावादलाई ४२ रनले हराएसँगै प्ले अफ् समिकरण पुरा भएको हो ।
अबुधाबीमा भएको खेलमा पहिले व्याटिङ गरेको मुम्बइले २० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । जवाफमा २ सय ३६ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९३ रन मात्रै बनाउन सक्यो ।
जितका बाबजुद मुम्बइ इण्डीयन्स प्ले अफ्मा पुग्न भने असमर्थ रह्यो । १४ खेलबाट १४ अंक जोडेको मुम्बइ पाँचौ स्थानमा समेटियो । समान १४ अंक जोडेको कोलकाता नाइटर राइडर्स रन रेटको आधारमा मुम्बईलाई उछिन्दै प्ले अफ्मा पुग्ने चौथो टोलि बन्यो ।
यसअघि दिल्ली क्यापिटल्स, चेन्नाई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लोर शिर्ष तिन स्थानमा रहँदै प्ले अफ्मा छनौट भईसकेका छन् । फाइनल प्रवेशको लागि अब शिर्ष स्थानको दिल्लीले दोस्रो स्थानको चेन्नईसँग खेल्नेछ । तेस्रो स्थानमा रहेको बैंग्लोर र चौथो स्थानको कोलकाताले भने एलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असोज २०७८, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पञ्जाब र मुम्बईको खेल अहमदावादमा हुने
आईपीएल: पानी परेपछि दिल्लीसँग अंक बाँड्दै बाहिरियो हैदरावाद
आईपीएल : लखनउविरुद्ध पञ्जाबको सानदार जित
आईपीएल : हैदरावादविरुद्ध गुजरातको जितले रोचक बन्यो
आईपीएलः मुम्बई शीर्ष स्थानमा, सय रनले पराजित राजस्थान बाहिरियो
आईपीएल : दिल्लीविरुद्ध कलकताको जित