काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले सरकारले सुकुम्वासी बस्तीमा डोजर लगाएकोप्रति असन्तुष्टि जनाएका छन्।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले गरिब तथा श्रमिक वर्गमाथि अन्याय भएको आरोप लगाए।
उनले प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोग गरेर फाँसीवादी शैलीमा शासन चलाउने प्रयास गरिरहेको बताए। जीवनभरको मेहनतबाट बनाइएका घरहरू भत्काइँदा गरिबका सपना चकनाचुर भएको बताए।
उनले भने, ‘तपाईँलाई यी गरिबको आँसु लाग्छ, वृद्धा अवस्थाका आमाहरू रुँदै गरेका थिए, एकल महिलाहरू रुँदै गरेका थिए जो लघुवित्त र सहकारीबाट पीडित भएका थिए। जीवनभरिको कमाइले घर बनाएका थिए उनीहरूले। कसैले मकै बेचेर, कसैले गिट्टी बोकेर घर बनाएका थिए, कसैले घरमा रङ्ग लगाएर मजदुरी गरेर चाहिँ घर बनाएका थिए, कसैले भारी बोकेर घर बनाएका थिए तर ती सबै घर भत्किए। घरमात्रै भत्किएन गरिबका सपना पनि भत्किए।’
चुनावअघि नै आफूले दललाई एक ठाउँमा राखेर चुनावमा नजान सुझाव दिएको जिकिर गरे। उनले बालेनलाई प्रधानमन्त्री बनाएर गरिब लखेट्ने योजना बनाइएको उनको भनाए छ।
उनले भने, ‘हामीलाई धनी मात्र होइन, मजदुर, ड्राइभर, खलासी, जुत्ता सिलाउने मोची, कपाल काट्ने नाई सबै चाहिन्छ। धनी वर्ग केन्द्रित ‘सिटी’ बनाउने प्रयास भइरहेको छ।’
उनले अहिले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसकेको बताए। उनले केपी ओलीले जस्तै बालेनले पनि शक्ति आफ्नो हातमा ल्याइरहेको भन्दै शक्ति भनेको जनता भन्ने नभुल्न चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ बैशाख २०८३, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी संगठन खारेज गर्ने आँट नगर्न सरकारलाई दुर्गा प्रसाईंको चेतावनी
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी