काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले सहज जित निकालेको छ ।
बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै आरसीबी विजयी भएको हो । गुजरातले दिएको २ सय ६ रनको लक्ष्य आरसीबीले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।
आरसीबीका विराट कोहलीले ८१ र देवदत्त पडिक्कलले ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै, क्रुनाल पाण्डेयले २३ र टिम डेभिडले १० रन जोडे । गुजरातका रशिद खानले २, मोहम्मद सिराज, जेसन होल्डर र मानव सुधारले एक–एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो । गुजरातका साई सुदर्शनले एक सय रनको शतक बनाए । यस्तै, शुभमन गिलले ३२, जोस बटलरले २५, जेसन होल्डरले २३ तथा वासिङ्टन सुन्दरले १९ रन बनाए ।
आरसीबीका भुवनेश्वर कुमार, जोस हेजलवड र सुयश शर्माले एक–एक विकेट लिए । यो जितसँगै आसीबी ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गुजरात समान खेलबाट ६ अंकसहित सातौँ स्थानमा यथावत छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ बैशाख २०८३, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित
आईपीएल २०२६ : मुम्बईविरुद्ध राजस्थान २७ रनले विजयी
आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित