काठमाडौँ । रतुवामाई नगरपालिका-२ स्थित घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए ।
बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात क्विन्टलभन्दा बढी गाँजा बरामद
चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
सशस्त्र प्रहरीद्वारा कुखुराका चल्ला बरामद