काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको छ ।
सुरुआती ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो ।
मुम्बईका लागि रियान रिकल्टनले नटआउट १२३ रनको शतकीय पारी खेलेका थिए । विल ज्याक्सले ४६, नमन धीरले २२ र हार्दिक पाण्ड्याले ३१ रन जोडे ।
हैदरावादका लागि प्रफुल हिंगेले २ विकेट लिँदा इसान मालिङ्गा, साकिव हुसेन र नितिश कुमार रेड्डीले १ विकेट लिए ।
हैदरावादका लागि ट्राभिस हेडले ७६ र हेनरिक क्लासेनले नटआउट ६५ रनको अर्धशतकीय पारी खेले । अभिषेक शर्माले ४५, नितिश कुमार रेड्डीले बनाउँदा सलिल अरोराले नटआउट रहँदै ३० रन जोडे ।
मुम्बईका लागि एएम घजनफरले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ बैशाख २०८३, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित