भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ

सफल खबर संवाददाता

सोमबार, २८ बैशाख २०८३, ११ : ५०
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ

काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैंकिङ कसुरको आरोपमा उनलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो ।

दैलेख प्रहरीका अनुसार ५ लाख ३५ हजार रुपैयाँ बराबरको चेक बाउन्स उनीविरुद्ध मुद्दा दर्ता भएपछि शाही आफै प्रहरीको नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हाल उनलाई पाँच दिनको म्याद थप गरी अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस