काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुङ्गा बरामद गरेको छ ।
जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलस्थित सुर्खेतबाट सो परिमाणको काइनेटिक ढुङ्गा बरामद गरेको हो ।
सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुङ्गाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहा पुगेर उक्त चीज बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
“बस्नेत र जुनीचाँदे गाउँपालिका ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय रामकृष्ण घर्तीलाई बस्नेतकै घरमा शङ्कास्पदरूपमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो, “जयधनीकै घरमा खान तलासी गर्दा तीनवटा प्लाष्टिकको कट्ठामा अवैध तरिकाले लुकाई छिपाइ राखेको कालो चीज (काइनेटिक ढुङ्गा) बरामद गरिएको छ ।”
उहाँका अनुसार काइनेटिक ढुङ्गा रु दुई लाख बराबर छ । नियन्त्रणमा लिइएका बस्नेत र घर्तीसहित बरामद चीज आवश्यक अनुसन्धानका लागि खानी तथा भूगर्भ विभाग शाखा कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २० असोज २०७८, २० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द
चितवनमा प्रहरीको ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सशस्त्र प्रहरीको साहस र समर्पण: नागरिकको ज्यान जोगाउने हाम्रो पहिचान — राजु अर्याल
प्रहरीमा दिइएका निवेदन-जाहेरीको प्रगतिबारे अब फोन वा एसएमएसबाटै जानकारी